शेयर बजारमा भारी अंकको गिरावट, नेप्से ३२ अंकले घट्दा ७ अर्बको कारोबार 


काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ३२.६५ अंकले घटेर बजार २६ सय ५७ दशमलव ५० को बिन्दुमा बन्द भएको छ। आज ७ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १ करोड ९८ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ। 

आज दिनभरिमा ३४३ कम्पनी कारोबारमा आउँदा २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.५८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन्। त्यसैगरी, आज सबैभन्दा बढी गुमाउनेमा सानीमा लार्ज क्याप फण्डका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.८६ प्रतिशतका दरले गुमाएका हुन्।  

आज नेप्सेका १३ वटै उपसूचकहरू राताम्मै देखिएका छन्। आज सबैभन्दा बढी घट्ने उपसूचकमा विकास बैंक रहेको छ। आज यो क्षेत्र १.८८ प्रतिशतले घटेको छ।