काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले डिजिटल प्रविधिले आर्थिक विकासमा सहयोग पुर्याउने बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट वञ्चित तथा न्यून पहुँच भएका समुदायका लागि डिजिटल ऋण तथा कर्जा सेवा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले प्रविधिको तीव्र विकासले वित्तीय सेवा प्रवाहको शैलीमा समेत परिवर्तन ल्याएको बताए । उनले एआई, डिजिटल प्लेटफर्म, डेटा एनालिटिक्स जस्ता प्रविधिको प्रयोगले वित्तीय सेवा प्रवाहलाई थप सहज र सरल बनाइरहेको बताए ।
‘विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङ्गबाट सुरु भएको नेपालको डिजिgटल वित्तीय सेवाको यात्रा आज मोबाइल बैंकिङ्ग, डिजिटल वालेट, क्युआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म आइपुगेको छ,’ गभर्नर पौडेलले भने। प्रविधिहरूको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा महत्त्वपूर्ण परिवर्तन ल्याउने उनको भनाइ छ ।





About Us
प्रतिक्रिया