काठमडौं – चाडपर्व लक्षित स्विप अप्रेशनमा भक्तपुरबाट ३८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते ३८ जनालाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो।






About Us
प्रतिक्रिया