काठमाडौं – चेक अनादर मुद्दामा २ वर्ष कैद फैसला भई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको स्वयम्भु घर भई पुरानो बानेश्वर बस्ने प्रविता भण्डारी(सुवेदी) रहेकी छिन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पुरानो बानेश्वरबाट पक्राउ गरेको हो। काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०७४ फागुन १५ गते गरेको फैसलाअनुसार भण्डारीलाई २० लाख रुपैयाँ बिगोबापत दुई वर्ष कैद सजाय सुनाइएको थियो।
अदालतको फैसला कार्यान्वयन हुन बाँकी हुँदा नै उनी फरार रहेकी थिइन्। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पठाएको जनाएको छ।





About Us
प्रतिक्रिया