काठमाडौं – सम्पत्ति शुद्धीकरणलगायत विभिन्न मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्टको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।
शुक्रबार न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा भट्टको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो। भट्टका बुबा चतुर्भुजले आफ्ना छोरालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असोज ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
रिटमा विशेष अदालत, उच्च अदालत पाटन तथा सरकारी वकिललगायतलाई विपक्षी बनाइएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमार्फत भट्टका बुबाले छोरालाई गैरकानुनी थुनाबाट मुक्त गर्न माग गरेका छन्। शुक्रबार सुनुवाइ हुन नसकेपछि रिटको न्यायिक निरूपणका लागि अर्को पेसी कुर्नुपर्ने भएको छ।






About Us
प्रतिक्रिया