साताको अन्तिम कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम ८ अर्ब बढी


काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ५.४५ अंकले घटेर बजार २६ सय ९० दशमलव १५ को बिन्दुमा बन्द भएको छ। आज कारोबार रकम समेत बढेर ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, २ करोड २८ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ।

आज दिनभरिमा ३४८ कम्पनी कारोबारमा आउदा १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ । आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३८ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमन्टको ३० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, स्वावलम्बन लघुवित्तका लगानीकर्ताले १२.११ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउनेमा मेन्छियाम हाइड्रोपावरका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतका दरले गुमाएका छन्।