साताको शेयर: ५६ अंकले बढ्यो नेप्से, कारोबार रकम ३५ अर्ब बढी


काठमाडौं – यो साता शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। साताभरको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) समग्रमा ५६ अंकले बढेर बन्द भएको हो। यससँगै साता भरिमा ३५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ४.३४ अंकले घटेर बजार २६ सय २९ दशमलव ८२ को बिन्दुमा बन्द भएको छ। त्यस्तै मंगलबार नेप्से ०.९४ अंकले बढेर बजार २६ सय ३० दशमलव ७६ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, बुधवार ३३.२९ अंकले बढेर बजार २६ सय ६४ दशमलव ६ को बिन्दुमा बन्द भएको छ।

त्यस्तै, बिहीबार ३१.५४ अंकले बढेर बजार २६ सय ९५ दशमलव ६० को बिन्दुमा बन्द भएको छ। त्यस्तै साताको अन्तिम कारोबारको दिन नेप्से ५.४५ अंकले घटेर बजार २६ सय ९० दशमलव १५ को बिन्दुमा बजार बन्द भएको छ।

कारोबार कति ?
सोमबारः ३ अर्ब ९५ करोड
मंगलबारः ५ अर्ब ७५ करोड
बुधबारः ७ अर्ब ४० करोड
बिहिबारः ८ अर्ब ४८ करोड
शुक्रबारः ८ अर्ब ८२ करोड