समता घरेलु लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला


काठमाडौं – समता घरेलु लघुवित्तले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ४१७ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले यसअघि सो शेयर बिद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएकोमा उनीहरूबाट आवेदन नपरेपछि अब उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो। सो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिन भित्र निवेदन दिन सक्नेछन्।