साताको सुनः १८ सय रुपैयाँले बढ्यो मूल्य


काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबारको तुलनामा अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार सात सय रुपैयाँले घटेर दुई लाख ७८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो। यस्तै, सोमबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेर दुई लाख ८१ हजार पाँच सय रुपैयाँ पुगेको थियो।

मंगलबार आठ सय रुपैयाँले बढेर दुई लाख ८२ हजार तीन सय, बुधबार नौ सय रुपैयाँले बढेर दुई लाख ८३ हजार दुई सय र बिहीबार तीन सय रुपैयाँले बढेर दुई लाख ८३ हजार पाँच सय रुपैयाँ कायम भएको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेर दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ।