सहायक रथी खत्री उपरथी दर्जामा बढुवा


काठमाडौं – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।