नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ७९ करोड


काठमाडौं- आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ० दशमलव ९४ अंकले बढेर २,६३० को विन्दुमा कायम भएको छ। आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। पिपुल्स हाइड्रोपावरको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा मिडिल तमोरको २१ करोड माथिको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन्। माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले १२ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन्। दोर्दी खोलाका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९१ प्रतिशतका दरले गुमाएका हुन्।