स्नो रिभर्सको अध्यक्षमा दिपा राना मगर नियुक्त


काठमाडौं – स्नो रिभर्स लिमिटेडको अध्यक्षमा दिपा राना मगर नियुक्त भएकी छिन् । कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले अध्यक्ष पदबाट राजीनामा दिएसँगै मगरलाई सो पदमा नियुक्त गरेको हो। कार्कीले आफ्नो निजी व्यस्तता देखाउँदै असोज २७ गते सञ्चालक समितिका अध्यक्षको पदबाट राजीनामा दिएका थिए।