काठमाडौं – आन्तरिक राजस्व विभागद्वारा सञ्चालन हुँदै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति आश्विन ३१ गते रहेको छ।
विभागका अनुसार संवत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले आश्विन ३१ गते शनिबारभित्र खरिद बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्।
उपभोक्ताले विभागको आधिकारिक वेबसाइट https://prize.ird.gov.np/ मा गई खरिद बिलको विवरण प्रविष्ट गर्न सक्नेछन्। उक्त अवधिका लागि प्राप्त उपहार कुपन कार्तिक १ गते खोलिने तथा विजेताको घोषणा गरिने विभागले जनाएको छ।
पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले विभागले सम्पूर्ण उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरेको छ। साथै, सबै व्यवसायीलाई वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्न अनुरोध गरिएको छ।






About Us
प्रतिक्रिया