काठमाडौं – नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।






About Us
प्रतिक्रिया