काठमाडौं – अबदेखि बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन तथा एकीकरण हुने वा भएको कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन नपाउने भएका छन् । केन्द्रीय बैंकले निर्देशन नै जारी गरेर शाखा मर्ज भएकै कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन नपाउने बताएको हो ।
शाखा समायोजन÷एकीकरण गरेपश्चात् कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्ने उल्लेख छ । यस्तै, शाखा समायोजन गर्दा उक्त क्षेत्रको वित्तीय पहुँचमा प्रतिकुल असर नपर्ने सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । शाखा समायोजन गरेको ३ कार्य दिनभित्र यस बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ र राष्ट्र बैंकको बैक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकको शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहेमा वा अन्य सेवा बन्द गर्न चाहेमा कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने जनाएको छ । संस्थाले महानगरपालिका, उप– महानगरपालिका र नगरपालिकाको सोही वडाभित्र तथा गाँउपालिकाको हकमा सोही गाँउपालिकाभित्र शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा वित्तीय संस्थाको सञ्चालक समितिको निर्णयानुसार स्थानान्तरण गरी ७ दिनभित्र सोको जानकारी यस बैंकलाई दिनुपर्ने उल्लेख छ ।






About Us
प्रतिक्रिया