बलेफी हाइड्रोपावरले बीएचएल इन्भेष्टमेन्टमा लगानी गर्ने


काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडले बीएचएल इन्भेष्टमेन्ट लिमिटेडमा १ करोड रुपैयाँ पुँजी लगानी गर्ने भएको छ। कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले सो रकम लगानी गर्ने निर्णय गरेको हो।

बीएचएल इन्भेष्टमेन्टको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २ करोड ५० लाख रुपैयाँ रहेको छ। बलेफी हाइड्रोपावरले उक्त कम्पनीमा कुल २ करोड रुपैयाँ पुँजी लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।

सोही क्रममा बीएचएल इन्भेष्टमेन्टले असोज २ गते १ करोड रुपैयाँ शेयर पुँजी भुक्तानी माग गरेको थियो।