काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले २०८३ को दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरुलाई लक्षित गरी विभिन्न किसिमका कर्जामा अफर सार्वजनिक गरेको छ। बैंकले चाडपर्व लक्षित अफर अन्तर्गत घर कर्जामा (घर जग्गा खरिद, घर निर्माण र घडेरी खरिद गर्न) २० वर्ष अवधिका लागि ५.५१ प्रतिशत ब्याजदरमा ३ करोड रुपैयाँसम्मका कर्जा र सवारी कर्जा अन्तर्गत विद्युतीय तथा अन्य सबै प्रकारका गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि ४.९० प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिसम्मका लागि १ करोड रुपैयाँसम्मका कर्जा उपलब्ध गराउँदै आएको छ।
चाडपर्व अफर अन्तर्गत प्रवाह गरिने कर्जाका सेवा शुल्कमा समेत भारी छुटको व्यवस्था गरिएको छ। चाडपर्वको समयमा सवारी साधन, घर खरीद तथा निर्माण गर्नेहरुको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याईएको हो। यो अफर हाललाई २०८३ कार्तिक मसान्तसम्मको लागि मात्र लागू हुने व्यवस्था गरिएको छ।
वि।सं। २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी ३१६ शाखा कार्यालयहरु तथा ३३८ एटिएम् टर्मिनल मार्फत ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप, कर्जा सहित एटिएम, मोबाईल बैंकिङ्ग लगायतका आधुनिक डिजिटल बैंकिङ्ग सेवाहरु उपलब्ध गराईरहेको छ।






About Us
प्रतिक्रिया