दराजको ‘१०.१० दशैं धमाका’ : ७५ प्रतिशतसम्म छुट, स्कुटरदेखि थाइल्यान्ड भ्रमणसम्म जित्ने मौका


काठमाडौं – नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले दसैंका अवसरमा बहुप्रतीक्षित ‘१०.१० दशैं धमाका : बडा दशैं, धमाकेदार डिल्स’ सार्वजनिक गरेको छ। अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने यस मेलामा विभिन्न श्रेणीका उत्पादनमा ६५ लाख रुपैयाँसम्मका भौचर, नि:शुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको भारी छुट उपलब्ध गराइएको छ।

दसैंको तयारी र किनमेल थप लाभदायी बनाउन दराजले विभिन्न ब्रान्डसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ।दराजका प्ल्याटिनम पार्टनर्स होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्स्पिरियन्स, एंकर, रोह्टो र अवीबीबाट ६७ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ। त्यस्तै गोल्ड पार्टनर्स ब्य्राडहाउस, पीएन्डजी, पिक एन्ड एर्के, अर्क्स फुड र भेदन्तले ७० प्रतिशत र सिल्भर पार्टनर्स फ्यानटेक, त्रिकाया, एसपीएनएस र माटो नेपालमा ६५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ।

यसबाहेक १५ देखि २६ असोजसम्म सीमित समयका लागि ब्रान्ड रस आवर, क्रेजी प्राइस ड्रप तथा विभिन्न बार अनुसार विशेष श्रेणीगत अफर समावेश गरिएका छन्। उपभोक्ताले छनोट गरेका विक्रेताबाट ३ हजार रुपैयाँसम्मका दसैं दक्षिणा भौचर समेत प्राप्त गर्न सक्नेछन्।

नगदरहित कारोबार प्रोत्साहन गर्न दराजले ५ वटा अग्रणी बैंकहरूसँग सहकार्य गरी विशेष प्रिपेमेन्ट अफर ल्याएको छ। हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम १५ सय रुपैयाँ) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम १ हजार रुपैयाँ) सम्म छुट पाउनेछन्। त्यसैगरी इसेवा र खल्ती प्रयोगकर्ताका लागि पनि १ हजार रुपैयाँसम्मको छुट अफर राखिएको छ।

किनमेलसँगै दराजले आकर्षक उपहारको व्यवस्था पनि गरेको छ। न्यूनतम २ हजार रुपैयाँको खरिद गर्नेमध्ये एक भाग्यशाली ग्राहकले सुजुकी एक्सेस एफआई १२५ सीसी विशेष एडिसन स्कुटर जित्न सक्नेछन्। यसका साथै थाइल्यान्ड भ्रमण, ३१ हजार रुपैयाँको कम्बो गिफ्ट सेट, ६५ हजार रुपैयाँको एक्स्प्रेस स्टाइलर, १ लाख ५ हजार रुपैयाँ मूल्यको वासिङ मेसिन र दैनिक गिभअवे मार्फत विभिन्न ब्रान्डका उत्पादन जित्ने अवसर उपभोक्ताले पाउनेछन्। सन् २०१५ मा स्थापित दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपालका ५० करोडभन्दा बढी जनसंख्यालाई प्रविधिका माध्यमबाट जोड्दै ई–कमर्स, ढुवानी तथा भुक्तानी सेवा प्रदान गर्दै आएको छ।