सोपान फर्मास्युटिकल्सको २ लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिक १६ गते सकिँदै


काठमाडौं – सोपान फर्मास्युटिकल्स लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको २ लाख कित्ता बढी शेयरको लकइन अवधि करिब महिनापछि समाप्त हुने भएको छ। कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको २ लाख १० हजार ९६५ कित्ता शेयरको लकइन अवधि कार्तिक १६ गते समाप्त हुने भएको हो।

कम्पनीले आईपीओ निष्काशन अघि सामूहिक लगानी कोषका लागि छुट्याएको २ लाख १४ हजार ५०० कित्ता शेयरमध्ये हाल लकइनमा रहेको शयरको लकइन अवधि सकिन लागेको हो। कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात ४२ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो।