काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।
गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनःप्राप्तिका लागि जारी प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम योगदान गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख राणाले बाढीका कारण नेपालका विभिन्न जिल्लाका धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा ठूलो चुनौती तथा अवरोध आएको बताए।






About Us
प्रतिक्रिया