एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा मिति २०८३\०६\१४ गते सम्पन्न भएको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। 

सभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ।

आ.व. २०८३\८४ को लागि श्री जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ।