सानिमा बैंकको सञ्चालकमा महेश घिमिरे र तेज बहादुर चन्द निर्वाचित


काठमाडौं – सानिमा बैंकको सञ्चालक पदमा दुई जना निर्विरोध निर्वाचित भएका छन्। बैंकको असोज १२ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट सञ्चालकमा महेश घिमिरे र तेज बहादुर चन्द निर्विरोध निर्वाचित भएका हुन्।

बैंकका अनुसार उक्त साधारणसभाबाट बैंकको सर्वसाधारण शेयरधनी (समूह ‘ख’) का तर्फबाट आगामी चार वर्षका लागि घिमिरे र चन्द दुवै जना निर्विरोध निर्वाचित भएका हुन्।

साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०८३/८४ को बाह्य लेखापरीक्षण गर्नका लागि एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स काठमाडौंलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको छ।