काठमाडौं – राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड लाई विद्युत नियमन आयोगले हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ।
आयोगले कम्पनीलाई १ः०.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० करोड ८१ लाख २६ हजार २५४ रुपैयाँ ३४ पैसा बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले निर्णय गरी १ः०.४६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले असोज ८ गते१ः०.२५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।






About Us
प्रतिक्रिया