हातमुख कपडाले बाँधेर सुनका गहना चोरी गर्ने टेकबहादुर गुरुङ पक्राउ


काठमाडौं – डाँका चोरीमा संलग्न रहेको अभियोगमा लमजुङको बेसीशहर नगरपालिका – ७ डेरा गरी बस्ने सोही नगरपालिका–१० घर भएका ३८ वर्षीय टेक बहादुर गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।

मर्स्याङ्दी गाउँपालिका– ३ थाकन बस्ने पीडितलाई अपरिचित व्यक्तिले जबरजस्ती हात र मुख कपडाले बाँधेर सुनको औँठी १ थान, सुनको मुन्द्रा १ जोर र सुनको फुली १ थान असोज ३ गते दिउँसो चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो। 

उनीमाथि डाँका चोरी कसुरमा जिल्ला अदालत लमजुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।