काठमाडौं – पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्। बिहीबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने अन्य घरहरू पनि जोखिममा परेका छन्।
मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। साथै, पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया