काठमाडौं – शृङ्खलाबद्ध चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दाङका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङका कृष्ण घर्ती रहेका छन्।
प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–८, अस्वारस्थित श्री नवदुर्गा भगवती मन्दिरभित्र रहेको दानपेटिकालगायत तुलसीपुर क्षेत्रका बेलुवा, दोघरे, अस्वार लगायत विभिन्न स्थानमा रहेका घर तथा पसलमा शृङ्खलाबद्ध चोरी गरी फरार रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा घर्ती पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका घर्तीलाई नकबजनी चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि दाङ जिल्ला अदालत, घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया