भोटेकोशी बाढीः

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५० करोड नाघ्यो

‘पछिल्लो २४ घण्टामा कोषमा २० करोड ७२ लाख बढी जम्मा’


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी १५ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी मौज्दात छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ रुपैयाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ। सबै खातामा गरी १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ रुपैयाँ मौज्दात छ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा २० करोड ७२ लाख ५६ हजार ९३१ रूपैयाँ जम्मा भएको छ।