काठमाडौं – १२ बोर कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार घर भई रौतहटका बस्ने गोबिन्द दास रहेका छन्।
रौतहटको परोहा नगरपालिका–०८ पटेल चोकबाट १२ बोरे कटुवा पेस्तोलसहित उनलाई प्रहरी चौकी नरकटिया मोतिपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
दासलाई पेस्तोल फालेर भाग्ने क्रममा १ थान पेस्तोलसहित नियन्त्रणमा लिइएको छ। दासलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ






About Us
प्रतिक्रिया