काठमाडौं – नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ। संघले एक्सल र ठूलो अन्डाको समर्थन मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६ सय १५ तोकेको छ। ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ।
यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६ सय र ठूलो अन्डाको ५ सय ९० रुपैयाँ थियो। ७ असोजदेखि लागू हुने गरी काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकबाट देशैभरिका अन्डा उत्पादक संघले मूल्य तोकेको बताएको छ।
संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ। यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५ सय ५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ। उपभोक्ता मूल्य प्रतिगोटा २५ र प्रतिदुईवटाको ४५ रुपैयाँ तोकेको छ।






About Us
प्रतिक्रिया