काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेको कुल १५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
संस्थाले बिक्रीमा राखेको सो शेयरमा संस्थापक शेयरधनी तथा सर्वसाधारण जो कोहीले आवेदन दिन सक्नेछन्। सो शेयर खरिद गर्न इच्छुकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासीमा आईपुगने गरी आवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया