काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको आफ्नो शाखा त्रिशूली शाखामा गाभ्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे शाखाबाट नियमित रूपमा बैंकिङ्ग सेवा सञ्चालन गर्न समस्या भएपछि २०८३ असोज ७ गतेदेखि उक्त शाखालाई त्रिशूली शाखामा गाभेर सेवा सञ्चालन गर्न लागिएको जनाएको हो।
टिमुरे शाखाबाट हालसम्म प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ्ग सेवाहरू अब त्रिशूली शाखामार्फत निरन्तर उपलब्ध हुने बैंकले जनाएको छ। टिमुरे शाखाका ग्राहकलाई आगामी दिनमा बैंकिङ्ग कारोबार तथा आवश्यक सेवाका लागि त्रिशूली शाखा वा बैंकका अन्य शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।






About Us
प्रतिक्रिया