काठमाडौं – सिटिजन्स बैंकले लाभांश प्रस्तावसहित आफ्ना शेयरधनीलाई २० औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा असोज २८ गते काठमाडौंमा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, बैंकको प्रबन्धपत्रसंशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।






About Us
प्रतिक्रिया