काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई दिएको माफी मिनाहालाई सर्वोच्च मंगलबार सदर गरेको हाे।
न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको माफी मिनाहालाई चुनौती दिँदै दायर भएको रिट निवेदन खारेज गर्ने फैसला गरेको हो।
राष्ट्रपति पौडेलले चौधरीको कैद सजाय माफी मिनाहा गरेपछि उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। रिटमा राष्ट्रपतिबाट भएको माफी मिनाहाको निर्णय बदर गर्न माग गरिएको थियो।
टीकापुर घटनामा ज्यान गुमाएका तत्कालीन नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।






About Us
प्रतिक्रिया