काठमाडौं – ग्यास कालोबजारी आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने ४७ वर्षीय सरोज नेम्कुल रहेका छन्।
उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनले आफ्नो पसलमा भएका सिलिन्डरहरूको सिल खोली ‘सबै सिलिन्डर रित्तो हो’ भन्दै ग्यास लुकाएको प्रहरीले बताएको छ।
नेम्कुनले सञ्चालन गरेको सिद्धिपुर ग्यास स्टोरबाट दुई वटा सिलसहितका र २२ वटा सिल नभएका, तर भरी सिलिन्डर बरामद भएको प्रहरीले बताएको छ। नेम्कुललाई ग्यासको अभाव सृजना गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया