काठमाडौं – आज मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५.७८ प्रतिशत लाभांश घोषणा गरेसँगै यसको प्रभाव कम्पनीको शेयर मूल्यमा समेत परेको हो।
आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्। यससँगै कम्पनीको शेयर मूल्य ७९ रुपैयाँले बढेर ६०६ रुपैयाँमा पुगेको छ। हाल यस कम्पनीको चुक्ता पुँजी ८७ करोड ६ लाख रुपैयाँ छ भने बजार पुँजीकरण ४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।






About Us
प्रतिक्रिया