त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालककाे पहिचान खुल्याे, लाइसेन्स भएको व्यक्ति र मृत फरक


काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दान बाहदुर थापाका अनुसार मृतक चालक अर्जुन दोङ तामाङ हुन्।

त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र तामाङले प्रयोग गरेको उनले बताए। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको बस बिसौनीमा एक सार्वजनिक बसमा आगलागी हुँदा चालक तामाङ गम्भीर घाइते भएका थिए।

आगलागी परेर गम्भीर घाइते भएका उनको गएराति कीर्तिपुरस्तित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।