प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.५५ अंकले बढेको छ। यस सेसनमा ७४ लाख ७ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, २६ हजार ८ सय ६१ कित्ता शेयर किनबेच भएको छ।

यस सेसन भरिमा ९२ कम्पनी कारोबारमा आउदा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको शेयर स्थिर रहेको छ।