मिड सोलु हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा


काठमाडौं – मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल १५.७८ प्रतिशत लाभांश घोषणा गरेको हो।

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण गरिनेछ।