काठमाडौं – राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मत बहादुर भण्डारीले पाएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको पत्रअनुसार अर्थमन्त्री स्तरीय निर्णयबाट भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको सीईओ जिम्मेवारी तोकिएको हो।
कम्पनीको सञ्चालक समितिको २०८३ भदौ २१ गते बसेको ५३१औँ बैठकले भण्डारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव कविता लामाले जानकारी दिइन् ।






About Us
प्रतिक्रिया