प्रधानमन्त्री शाहको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले महासभामा सहभागिता जनाउने


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन्। १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने तालिका छ।

प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्नेछन्।

महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबार नै न्युयोर्क प्रस्थान गरिसकेको छ।