काठमाडौं – आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्राविधिक समस्य आएर शेयर कारोबार नै स्थगित भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को गम्भीर ध्यानकर्षण गरेको छ। बोर्डले यस घटनाको छानबिन गर्नका लागि उप कार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरेर नेप्सेलाई असोज १२ गतेभित्र सुधारसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
सेबोनले असोज ५ गते धितोपत्र कारोबार सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेका दिन धितोपत्र कारोबार स्थगन गरिएको जानकारी प्राप्त भएको जनाएको छ।






About Us
प्रतिक्रिया