भोटेकाशी बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख रुपैयाँ सहयोग गर्ने


काठमाडौं – भोटेकाशी बाढी प्रभावितहरूलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ। सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उबरले अन्तर्राष्ट्रिय सीएसआर फण्डमार्फत् यो सहयोग गर्दैछ। 

हुवरका अनुसार उक्त रकम आपत्कालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा उपयोग गरिनेछ। अभियान अवधिमा उबरमार्फत सम्पन्न हुने प्रत्येक बाइक यात्राबापत १० रुपैयाँ र प्रत्येक क्याब यात्राबापत २० रुपैयाँका दरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उबरले आफ्नै तर्फबाट थप रकम योगदान गर्नेछ। यो रकम उबर यात्रु वा चालकबाट कट्टा गरिने छैन। यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साबिककै रकम प्राप्त गर्नेछन्।

नेपालका लागि उबरका रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्को समयमा यात्रु र चालकको सहभागिताले राहत अभियानलाई थप प्रभावकारी बनाउने बताए। उबरको अन्तर्राष्ट्रिय बजार प्रमुख, (भारत तथा दक्षिण एसिया) आकाङ्क्षा सिंहले पनि समुदायप्रतिको जिम्मेवारी मोबिलिटी सेवामा मात्र सीमित नरहेको बताइन्। हुवरले यात्रुलाई नियमित रूपमा रडाइ बुक गर्न तथा चालकलाई अनलाइन भएर रडाइ स्वीकार गरी यात्रा पूरा गर्न आग्रह गरेको छ। ‘जति धेरै रडाइ, त्यति धेरै सहयोग’ भन्ने अभियानको मूल उद्देश्य दैनिक यात्रालाई बाढी प्रभावितको पुनर्निर्माणसँग जोड्नु रहेको हुवरले जनाएको छ।