ओरियण्टल होटल्सले बोलायो २९ औं वार्षिक साधारण सभा


काठमाडौं – ओरियण्टल होटल्स लिमिटेडले आफ्ना शेयरधनीलाई २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा असोज २९ गते जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बोलाएको हो। सो सभा बिहान ११ बजदेखि सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गतेदेखि असोज २९ गतेसम्म शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ। जसअनुसार असोज १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागी भई मतदान गर्न सक्नेछन्।