काठमाडौं – नक्कली नोट देखाई प्रलोभन पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका कृष्ण प्रसाद लामिछाने र सर्लाहीका दिनेश बिक रहेका छन्।
उनीहरूले काठमाडौं महानगरपालिका–१४ बल्खुस्थि फलफूल बजार नजिक पीडितलाई बोलाई नेपाली रकम १० लाख ल्याउन लगाई नेपाली नक्कली रकम ३० लाख दिने भन्दै प्रलोभनमा पारी भेट्न बोलाई ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्राकाली, काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया