काठमाडौं – ज्योति विकास बैंकको त्रिशूली शाखा त्रिशूली कोलोनीमा रहेको विस्तारित काउन्टरमा मर्ज भएको छ। भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सोही स्थानमा शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले बैंकले शाखा समायोजन गरेको हो ।
बैंकले ग्राहकलाई यथाशीघ्र बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले शाखा समायोजन गरेको बताएको छ । बैंकले असोज ४ गतेदेखि नै त्रिशूली शाखा त्रिशूली कोलोनी शाखामा समायोजन गरेर सेवा सञ्चालन गरेको हो । त्रिशूली शाखाबाट कारोबार गर्दै आएका ग्राहकलाई अब समायोजन भएको कार्यालयबाटै बैंकिङ्ग कारोबार गर्न बैंकले आग्रह गरेको छ।






About Us
प्रतिक्रिया