नेपाल लाइफ इन्स्योरेन्सको ५ हजार ५७५ कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सुशिला देवी अग्रवालको नाममा रहेको ५ हजार ५७५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयनमा निवेदन पेश गर्नुपर्नेछ। तोकिएको अवधिभित्र कुनै निवेदन नपरेमा प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।