काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेमाथि जिल्ला अदालत ललितपुरले ४ दिन म्याद थप गरेको छ।
न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।
उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाकाे केन्द्रीय कार्यलयमा छापा मार्दै पक्राउ गरेको थियो।






About Us
प्रतिक्रिया