काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाबीचको अन्तर बैंक कारोबार बढेको छ। समीक्षा अवधिमा कुल १ खर्ब २७ अर्ब २८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको छ।
नेपाल राष्ट्र बैंककाे तथ्यांकअनुसार साउन महिनामा वाणिज्य बैंकहरूबीच १ खर्ब २० अर्ब ५० करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको छ। यस्तै अन्य वित्तीय संस्थाहरूबीच ६ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वाणिज्य बैंकहरूबीच ८७ अर्ब ४९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ७ अर्ब ४५ करोड रुपैयाँ गरी कुल ९४ अर्ब ९४ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको थियो।






About Us
प्रतिक्रिया