काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ। सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइएको छ।






About Us
प्रतिक्रिया