किनमेल

३ लाखमुनि झर्‍यो सुनको मूल्य, तोलाको कति ?

'सुनकाे मूल्य ताेलामा २३ सय रूपैयाँले घट्याे सुनकाे मूल्य'


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला सुन २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ६० रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय २५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ६ सय ८५ रुपैयाँमा किनबेच भएको थियो।